नेता कार्यकर्तालाई प्रशिक्षण दिन विराटनगर जाँदै एमाले अध्यक्ष ओली

नेता कार्यकर्तालाई प्रशिक्षण दिन विराटनगर जाँदै एमाले अध्यक्ष ओली

२२ कार्तिक, काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज (सोमबार) विराटनगर जाने भएका छन्।

पार्टीको मोरङ जिल्ला कमिटीले चाडपर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सहभागी हुन ओली विराटनगर जान लागेको जनाइएको छ।

पूर्वप्रधानमन्त्री ओली काठमाडौंबाट बिहान ११ बजे यती एयरको जहाज चढेर विराटनगर जान लागेका हुन्।

विराटनगरमा उनले नेता÷कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम रहेको छ। एमाले मोरङको पार्टी कार्यालयमा हुने कार्यक्रममा ५ हजारभन्दा बढी नेता÷कार्यकर्ता सहभागी हुने उनको एमाले मोरङको दाबी छ।

अध्यक्ष ओली आजै काठमाडौं फर्किने कार्यक्रम रहेको एमालेले जनाएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.