कांग्रेसले विवादित १३ जिल्लामा तोक्यो निर्वाचन अधिकृत

कांग्रेसले विवादित १३ जिल्लामा तोक्यो निर्वाचन अधिकृत

२२ कार्तिक, काठमाडौं ।

नेपाली कांग्रेसले क्रियाशील सदस्यताको विवाद भएका १३ जिल्लामा निर्वाचन अधिकृत तोकेको छ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले प्रदेश २ का आठ सहित कैलाली, डोल्पा, बाँके, सुर्खेत र रसुवामा निर्वाचन अधिकृत तोकेको हो। यी जिल्लामा वडा अधिवेशन हुन सकेको छैन।

बाँकेमा रेवतीरमण भट्टराई, सुर्खेतमा मदन रेग्मी, रसुवामा सुमन कुमार केसी, डोल्पामा कुमारराज श्रेष्ठ र कैलालीमा टेकप्रसाद सुवेदीलाई निर्वाचत अधिकृतका रुपमा खटाएको छ।

यसैगरी, प्रदेश २ का जिल्लामा पनि निर्वाचन अधिकृत खटाएको हो। सप्तरीमा रुद्र शर्मा, सिराहामा सन्जीव लामा, धनुषामा अरुण ज्ञवाली, महोत्तरीमा ईन्द्र अधिकारी, सर्लाहीमा विनोद कार्की, रौतहटमा दीपकराज गिरी, पर्सामा नरेन्द्र केसी र बारामा ज्ञानेन्द्रपसाद अधिकारी निर्वाचत अधिकृत तोकिएका छन्।

अब यी सबै जिल्लामा २७ कात्तिकमा अधिवेशन तोकिएको छ। हिमाली १३ जिल्लामा भने जिल्ला अधिवेशन बनाइसकेको कांग्रेसले जनाएको छ। त्यस्तै, ६४ जिल्लामा स्थानीय तहको अधिवेशन पनि भइसकेको छ।

क्रियाशील सदस्यताको विवाद रहेका १३ जिल्लामा ३० कात्तिकमा स्थानीय तहको अधिवेशन तोकिएको छ। त्यसपछि ३ मंसिरमा प्रदेश सभा क्षेत्रीय अधिवेशन र ६ मंसिरमा प्रतिनिधि सभा क्षेत्रीय र एक निर्वाचन भएको जिल्ला अधिवेशन हुनेछ। प्रतिनिधि सभाको एक भन्दा बढी क्षेत्रका रहेका जिल्लाको जिल्ला अधिवेशन १० मंसिरमा तोकिएको छ।

कांग्रेसको १४औं महाधिवेशन २४–२६ मंसिरमा तोकिएको छ। यस विषयमा छलफल गर्न २८ कात्तिकमा केन्द्रीय कार्यसमिति बैठक बोलाइएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.