बाह्रबिसे–तातोपानी खण्डको अवलोकनमा जाँदै सभामुख र अर्थमन्त्री

बाह्रबिसे–तातोपानी खण्डको अवलोकनमा जाँदै सभामुख र अर्थमन्त्री

२२ कार्तिक, काठमाडौं ।

प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र अर्थमन्त्री जनार्दन शर्मा आज (सोमबार) अरनिको राजमार्गको स्थलगत अवलोकनमा जाँदै छन्।

उनीहरुले आज उक्त राजमार्गको बाह्रबिसे–तातोपानी खण्डको अवलोकन गर्ने कार्यक्रम रहेको सभामुखको सचिवालयले जनाएको छ।

उनीहरुले तातोपानी भन्सार र मितेरी पुलसम्मको अवलोकन गरी त्यहाँको वर्तमान अवस्थाबारे जानकारी लिने कार्यक्रम रहेको सचिवालयले जनाएको छ। सो अवसरमा सभामुख सापकोटाले तातोपानी नाकाबाट हुने आयात निर्यात एवं सडक मार्गलाई व्यवस्थित गर्ने विषयमा लगातार पहल गर्दै आएका छन्।

अवलोकनका क्रममा उनीहरु तातोपानी भन्सार कार्यालयमा हुने छलफलमा समेत सहभागी हुने कार्यक्रम रहेको छ।

भूकम्प, भोटेकोशी बाढी र विभिन्न समयमा आएका ठूला पहिरोका कारण केही वर्षयता अरनिको राजमार्गअन्तर्गतको बाह्रबिसे तातोपानी सडक खण्डमा सहज आवागमन हुन सकिरहेको छैन।

कोभिड–१९ महामारीका कारण सीमा क्षेत्रमा गरिएको कडाइका कारण तातोपानी नाकाबाट हुने आयात निर्यात समेत पूर्ववत अवस्थामा फर्कन सकेको छैन।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.