राष्ट्रिय जनगणना २०७८ को तयारी पूरा

राष्ट्रिय जनगणना २०७८ को तयारी पूरा

२२ कार्तिक, काठमाडौं ।

राष्ट्रिय जनगणना २०७८ को तयारी पूरा भएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ।

कात्तिक २५ गतेदेखि मङ्सिर ९ गतेसम्म हुने गणनाका लागि देशभर ४० हजार गणक र आठ हजार १६ जना सुपरीवेक्षकलाई तालिम दिइसकिएको विभागको भनाइ छ।

सामाजिक, आर्थिक, भौगोलिक, भौतिक पूर्वाधार र अन्य पक्ष समेटिने गणनाका लागि केन्द्रदेखि वडास्तरसम्मका समन्वय संरचना तयार गरिएको छ।

यस पटक घर तथा घरपरिवार लगत सूचीकरणका लागि २५, मुख्य ५५ र पहिलो पटक सामुदायिक प्रश्नावलीसहित ८० वटा प्रश्न समवेश गरिएको विभागको भनाइ छ।

विभागले घर तथा घरपरिवार लगत सूचीकरण कार्य सम्पन्न गरिसकेको छ। एक गणकले करिब एक सय पचास घरसम्म पुग्नुपर्ने दायित्व दिइएको विभागले जनाएको छ।

नेपालमा हरेक १०÷१० वर्षमा एक पटक राष्ट्रिय जनगणना हुने गरेको छ। मुलुकमा पहिलो जनगणना एक सय ९ वर्षअघि विसं १९६८ मा चन्द्रशम्शेर राणा प्रधानमन्त्री भएका बेला थालनी भएको थियो।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.