सल्यानमा जिप दुर्घटना: १ जनाको मुत्यु,१८ जना घाइते

सल्यानमा जिप दुर्घटना: १ जनाको मुत्यु,१८ जना घाइते

२२ कात्तिक, सल्यान।

सल्यान कालिमाटीबाट दाङको तुलसीपुरका लागि हिँडेको जिप दुर्घटना हुँदा १ जनाको  मृत्यु भएको छ । दुर्घटनामा परी १८ जना घाइते भएका छन् भने ४ जनाको अवस्था गम्भिर रहेको छ ।

सल्यान र दाङको सिमाना नजिकै पाखेखुरी खारखोला एक्लेवरमा जिप दुर्घटनामा परेको कालिमाटी गाउँपालिका अध्यक्ष दान वहादुर केसीले जानकारी दिए ।

घाइतेहरुलाई उपचारका लागि राप्ती अञ्चल अस्पताल तुलसीपुर लगिएको छ । घटनाकाबारे थप विवरण आउन वाँकी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख गोविन्द थापाले जानकारी दिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.