NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
चीन, रुस र उत्तरकोरियाको गठबन्धन बने के हुन्छ ? बुधबार भदौ १८ , २०८२
मिटरब्याजको साम्राज्य प्रहरीले भत्कायो, सुनका गहनामात्रै ९ किलो बुधबार भदौ १८ , २०८२
पुटिन र किम दाजु भाइ, युक्रेनका लागि जे पनि गर्ने बुधबार भदौ १८ , २०८२
भेनेजुएला नजिकै अमेरिकी हमलाः ११ लागुऔषध तस्कर मारिए बुधबार भदौ १८ , २०८२
एसियन कप छनोटमा आज नेपालले ताजिकिस्तानविरुद्ध खेल्दै बुधबार भदौ १८ , २०८२
Next
Prev

समाचार

यस वर्ष सुनचाँदीको व्यापार उत्साहजनक, दशैँ-तिहारमा प्रतिदिन ४० किलोसम्म बिक्री भयाे सुन

सोमवार कार्तिक २२ , २०७८
Reading Time: 1 min read
A A
यस वर्ष सुनचाँदीको व्यापार उत्साहजनक, दशैँ-तिहारमा प्रतिदिन ४० किलोसम्म बिक्री भयाे सुन
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

 २२ कात्तिक, काठमाडाैँ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस वर्ष सुनचाँदीको व्यापार उत्साहजनक रहेको बताएको छ । सोमवार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा महासंघका अध्यक्ष माणिकरत्न शाक्यले गत वर्षको तुलनामा यस वर्ष सुनचाँदीको व्यापार उत्साहजनक रहेको बताएका हुन् । उाले विगतका दुई वर्षमा कोरोना भाइरसका कारण व्यापार हुन नसकेको भए पनि यस वर्षको चाडवाडमा अपेक्षा अनुसारकै व्यापार भएको बताए ।

अध्यक्ष शाक्यले चाडवाड पछिका केही दिन बजार सुस्त भएपनि सरकारले प्रतिदिन तोकेको २० किलो सुनको आयात भइरहने हुनाले चाडवाडमा बिक्री भएर सकिएको ठाउँको परिपूर्ति हुने बताए । उनले मंसिर महिनाबाट विवाहको लगन हुने भएकोले त्यो बेलामा पनि राम्रो व्यापार हुने कुरामा आशावादी रहेको बताए। अध्यक्ष शाक्यले कोरोना बिरुद्धको भ्याक्सिन लगाइसकेपछि सुनचाँदीको व्यापारले पनि राम्रो लय समातेको बताए। दशैँ र तिहारको बेलामा प्रतिदिन सुनको व्यापार ४० किलो र चाँदीको व्यापार १ हजार किलोसम्म भएको बताए ।

LS Auto

अध्यक्ष शाक्यले भने, ‘यसपालि सुनचाँदी व्यापारको कुरा गर्नुपर्दा, पोहोर साल कोरोनाको कारणले गर्दा व्यापारमा नराम्रो प्रभाव परेको थियो, त्यसको तुलनामा यस वर्ष उत्साहजनक व्यापार भएको छ, यस वर्षको दशैँमा दिनको ४० किलोको हाराहारीमा सुनको बिक्री भएको छ भने दशैँपछि तिहारको बेलामा लगभग ४० किलोको हाराहारीमै दैनिक व्यापार भइरहेको छ, धन्तेरसको दिनमा लगभग ५० किलोको हाराहारीमा माग आएको थियो, चाँदीको कुरा गर्दा प्रतिदिन १ हजार किलो हाराहारीमा माग आएको थियो, धन्तेरसको दिनमा तिहारमा २ हजार केजीसम्म माग आएको थियो, यो वर्षको चाड सुनचाँदी व्यवसायको लागि राम्रो रह्यो, यसमा प्रतिदिन नेपाल सरकार, राष्ट्र बैंकले २० किलो सुनको कोटा तोकिराखेको छ, चाडवाडको दिनमा बिदाहरु हुन्छ, त्यसपछिको केही दिन बजार अलि सुस्त हुन्छ, सुस्त भएको बजारमा पनि कोटाको सुनहरु आइरहने भएकोले चाडको बेलामा भएको स्टक यो सुनले परिपूर्ति हुन्छ, हामी अहिले त्यही गरिरहेका छौँ, आजबाट बजार खुला भइसकेको छ, मलाई लाग्छ यो वर्षको मंसिर महिनादेखि विवाहको लगन शुरु हुँदैछ, त्यसमा पनि हामी आशाप्रद रुपमा राम्रो व्यापार होला भन्ने आशामा छौँ, सुनचाँदीको बजारले कोरोनाको भ्याक्सिनहरु आयो, बजार सामान्यीकरण तर्फ गयो, त्यो अवस्थामा राम्रो लय समातोको छ, सुनचाँदीको गरगहना नै उपभोक्ताको रोजाइमा परेको छ, तिहारको बेला सुनको असर्फीहरु, गणेशलक्ष्मीको मूर्तिहरु र विभिन्न किसिमको गरगहनामा उहाँहरुको डिमाण्ड बढेको छ, कोहीले काँचो सुन पनि माग्नुभएको थियो, हामीले गरगहना बनाउने डिमाण्डलाई सुन नपुगेकाले काँचो सुन उपलब्ध गराउन सकेका छैनौँ ।’

अध्यक्ष शाक्यले सरकारले सुनचाँदी सप्लाइ (वितरण) को नियमलाई वैज्ञानिक र पारदर्शी बनाउन आवश्यक रहेको बताए । उनले सुनचाँदीलाई पर्याप्त रुपमा आपूर्तिको व्यवस्थापन गर्नुपर्ने बताउँदै देश संघीयताको राज्य पुनः संरचनामा गइसकेकोले सुनको सप्लाइ (वितरण)लाई पनि काठमाडौँमा केन्द्रित नगरी सातै प्रदेशको राजधानी मार्फत् वितरण हुनुपर्ने बताए ।

अध्यक्ष शाक्यले भने, ‘यो जुन सप्लाइको सिस्टम छ, यसलाई हामीले विशेष गरेर वैज्ञानिक र पारदर्शी बनाउन जरुरी छ, यसलाई पर्याप्त रुपमा आपूर्तिको व्यवस्थापन गर्नुपर्ने जरुरी छ, यसै सन्दर्भमा हामी रिसेन्ट्ली नेपाल राष्ट्र बैंक जाँदै छौँ, अर्थ मन्त्रालय लगायत विभिन्न नियामक निकायहरुमा यही सुनको सप्लाइसँग सम्बन्धित विषयमा कुराकानी गर्न जाँदैछौँ, देश संघीयताको राज्य पुनः संरचनामा गइसकेको छ, सुनको सप्लाइ पनि काठमाडौंमा केन्द्रित नभइ सातै प्रदेशको राजधानीहरुबाट राजधानी राजधानीहरुको तर्फबाट वितरण हुनुपर्छ र मुफसलमा रहेका व्यवसायीहरुले पनि आफ्नो सुनको आपूर्तिको व्यवस्थापन गर्नको लागि काठमाडौंमा नै आएर सुन किन्नुपर्ने जुन बाध्यात्मक परिस्थिती विगतमा रहेको थियो, त्यसलाई परिवर्तन गर्नुपर्छ भन्ने सन्दर्भमा हामी लभिङ गरेर अघि बढीरहेको छौँ, चाँडै नै यो समस्या समाधान हुन्छ, २० किलोको कोटा सिस्टम रहेसम्म यसलाई पनि आपूर्तिमा कन्स्टेन्ट रहन्छ, अलिकति कमी कमजोरी रहन्छ, त्यसलाई पर डे ३० किलो गरेर सिजनको बेला बढी सुन ल्याउने र अप सिजनको बेलामा कम मात्रै ल्याएर बजारलाई स्तरमा राख्ने भन्ने कुरा लिएर नेपाल सरकारका विभिन्न निकायमा हामी गइरहेका छौँ, सरकारले पनि यसलाई सुनुवाइ गरेर सप्लाइ सिस्टमलाई अलिकति परिवर्तन गर्ने हो भने यसले नेपालको सुन बजारलाई एकदमै राम्रोसँग सन्तुलनमा राखेर विकास एवं बिस्तारको लागि मद्दत गर्न सक्छ ।’

अध्यक्ष शाक्यले आपूर्तिको २० किलो कोटालाई प्रतिदिन ३० किलो बनाएर जानुपर्ने बताए ।

लोकप्रीय

चिनियाँ परेड हेरेर फर्कदैँ ओली, सी–पुटिन–किम पहिलोपटक सँगै देखिए

चीन, रुस र उत्तरकोरियाको गठबन्धन बने के हुन्छ ?

बुधबार भदौ १८ , २०८२
मिटरब्याजको साम्राज्य प्रहरीले भत्कायो, सुनका गहनामात्रै ९ किलो

मिटरब्याजको साम्राज्य प्रहरीले भत्कायो, सुनका गहनामात्रै ९ किलो

बुधबार भदौ १८ , २०८२
पुटिनको सहयोग गर्न किम जोङ मस्को जाँदै

पुटिन र किम दाजु भाइ, युक्रेनका लागि जे पनि गर्ने

बुधबार भदौ १८ , २०८२

विचार

थप समाचार

चिनियाँ परेड हेरेर फर्कदैँ ओली, सी–पुटिन–किम पहिलोपटक सँगै देखिए
अन्तर्राष्ट्रिय

चीन, रुस र उत्तरकोरियाको गठबन्धन बने के हुन्छ ?

बुधबार भदौ १८ , २०८२
मिटरब्याजको साम्राज्य प्रहरीले भत्कायो, सुनका गहनामात्रै ९ किलो
ताजा समाचार

भेनेजुएला नजिकै अमेरिकी हमलाः ११ लागुऔषध तस्कर मारिए
अन्तर्राष्ट्रिय

भेनेजुएला नजिकै अमेरिकी हमलाः ११ लागुऔषध तस्कर मारिए

बुधबार भदौ १८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:रुसका कारण ईयू अध्यक्षको विमानको राडार जाम, नर्वेलाई यु*द्धपोत || Nepal Times

World News:रुसका कारण ईयू अध्यक्षको विमानको राडार जाम, नर्वेलाई यु*द्धपोत || Nepal Times

00:17:41

World News: मोदीको निशानामा पाकिस्तान, राष्ट्रसंघका १९ कर्मचारी हु*थीको क*ब्जामा || Nepal Times

00:13:44

World News: Modi-Putinलाई Xiको वेलकम, China-Taiwan लक्षित जापानी क्षेप्यास्त्र || Nepal Times

00:17:42

World News: इजरेली अधिकारीलाई बेलायत प्रवेमा रोक, ६९ आप्रवासी पानीमा डु*बे || Nepal Times

00:20:55

World News: रुसको कालो धान भारतले सेतो बनायो, भारतमा पैसा खन्याउदै जापान || Nepal Times

00:22:57

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

प्रहरीको संस्थापक आईजीपी पनि लिम्बु, ७० वर्ष पछि बने खापुङ

प्रहरीको संस्थापक आईजीपी पनि लिम्बु, ७० वर्ष पछि बने खापुङ

शुक्रबार भदौ १३ , २०८२
ओलीले किम, सी, पुटिनसँग बसेर सैन्य परेड हेर्ने

ओलीले किम, सी, पुटिनसँग बसेर सैन्य परेड हेर्ने

बिहिबार भदौ १२ , २०८२
रास्वपा उमेद्वार लेखजंग त्यागका लागि तयार, २ श्रीमतीबारे बोले

रास्वपा उमेद्वार लेखजंग त्यागका लागि तयार, २ श्रीमतीबारे बोले

मङ्लबार भदौ १७ , २०८२

हालका पोस्टहरू

चिनियाँ परेड हेरेर फर्कदैँ ओली, सी–पुटिन–किम पहिलोपटक सँगै देखिए

चीन, रुस र उत्तरकोरियाको गठबन्धन बने के हुन्छ ?

बुधबार भदौ १८ , २०८२
मिटरब्याजको साम्राज्य प्रहरीले भत्कायो, सुनका गहनामात्रै ९ किलो

मिटरब्याजको साम्राज्य प्रहरीले भत्कायो, सुनका गहनामात्रै ९ किलो

बुधबार भदौ १८ , २०८२
पुटिनको सहयोग गर्न किम जोङ मस्को जाँदै

पुटिन र किम दाजु भाइ, युक्रेनका लागि जे पनि गर्ने

बुधबार भदौ १८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.