रुखबाट लडेर ओखलढुङ्गामा एक जनाको मृत्यु

रुखबाट लडेर ओखलढुङ्गामा एक जनाको मृत्यु

 २२ कात्तिक, ओखलढुङ्गा ।

ओखलढुङगाकाे मोलुङ गाउँपालिका -७ का २२ बर्षीय निमा शेर्पाको रुखबाट लडेर मृत्यु भएको छ । शेर्पा हिजो दिउँसो ११ बजे घरबाट करिब ५०० मिटर पश्चिममा रहेको खस्रु जातको रुखमा घाँस काट्न चढेकोमा उक्त रुखबाट लड्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

घटनाकाे जानकारी प्राप्त भएपश्चात हरी चौकी श्रीचौर र ईलाका प्रहरी कार्यालय बरुणेश्वरबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरेहेकाे जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएकाे छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.