एमाले सुदूरपश्चिम बैठक वहिष्कार गर्दै रावलले भने- १० बुँदे विपरितका बैठक’अवैध’

एमाले सुदूरपश्चिम बैठक वहिष्कार गर्दै रावलले भने- १० बुँदे विपरितका बैठक’अवैध’

२३ कार्तिक, काठमाडौं ।

नेकपा एमालेको सुदूरपश्चिम प्रदेशको इन्चार्जको विषयमा बढेको विवाद अझ लम्बिने संकेत देखिएको छ ।

१० बुँदे सहमति जस्ताको तस्तै कार्यान्वयन हुनुपर्ने मागसहित असन्तुष्ट रहेका उपाध्यक्ष भीम रावलले उक्त सहमति विपरितका सबै बैठक अवैध भएको जनाएका छन् ।

उनले आजको एमाले सुदूरपश्चिम प्रदेश कमिटीको बैठक बष्हिकार गर्दै त्यसलाई अवैध र अमान्य भएको बताएका छन्।

मंगलबार बिहान ट्वीट गर्दै रावलले भनेका छन्, ‘आज हुने भनिएको कथित सु.प. (सुदूरपश्चिम) प्रदेश कमिटीको बैठक १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अपानि १२ को विपरीत छ ।‘यो गुटबन्दीको नमुना हो ।

यो बैठक र यसका निर्णयहरू अवैध र अमान्य छन् । अपानि–१२ झापामा लागू हुने, सु.प.मा लागु नहुने किन? यहाँको भूमि बाह्य अतिक्रमणमा परेकोले हो कि ?’

१० सहमितमा साविकका एमालेका कमिटी तथा जिम्मेवारीहरु यथावत हुने भनिएकोमा सुदूरपश्चिम प्रदेशको इन्चार्ज खोसिएकोमा रावलले आपत्ती जनाउँदै आएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.