बार अध्यक्ष श्रेष्ठले भने- प्रधानन्यायाधीश जबरा बिचौलियाका नाइके हुन्

बार अध्यक्ष श्रेष्ठले भने- प्रधानन्यायाधीश जबरा बिचौलियाका नाइके हुन्

२३ कात्तिक, काठमाडौँ ।

नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले अहिलेको अवस्थामा प्रधान्यायाधीश चोलेन्द्रशम्शेर जबराबाट न्याय पाउने सम्भावना नरहेकाले आन्दोलनमा सहयोग गर्न आग्रह गरेका छन् । मंगलबार एसोसियनको जारी आन्दोलनमा बोल्दै अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबरा बिचौलियाका नाइके भएको आरोप लगाए ।

उनले भने, ‘न्यायपालिकाको धरोहर उच्च राख्नका लागि आन्दोलन जारी छ उहाँको इजलासबाट न्याय पाउन सक्दैनौँ । प्रधानन्यायाधीश जबरा बिचौलियाका नाइके हुन्, उनीबाट न्याय पाउन सकिँदैन ।’

विरोध प्रदर्शनलाई सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले राजीनामा र महाभियोगका लागि पर्याप्त आधार तयार भइसकेको बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.