रावललाई भट्टकाे सुझाव: सामाजिक सञ्जालमा नौट्ङकी नदेखाउनुस्, आफ्नाे मत बैठकमा मत राख्नुस्

रावललाई भट्टकाे सुझाव: सामाजिक सञ्जालमा नौट्ङकी नदेखाउनुस्, आफ्नाे मत बैठकमा मत राख्नुस्

२३ कात्तिक, काठमाडाैँ ।

नेकपा एमालेका सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले एमाले उपाध्यक्ष भीम रावललाई सामाजिक सञ्जालमा नभइ समितिको बैठकमा मत राख्न सुझाव दिएका छन् । मंगलवार बिहान एमाले उपाध्यक्ष रावलले सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै सुदूरपश्चिम प्रदेश कमिटीको बैठकप्रति आपत्ति जनाएपछि प्रदेश इन्चार्ज भट्टले सामाजिक सञ्जालमा नभइ समितिको बैठकमा मत राख्न सुझाव दिएका हुन् ।

एमाले सुदूरपश्चिमको बैठकलाई सम्बोधन गर्ने क्रममा इन्चार्ज भट्टले रावललाइ फरक मत राख्नलाई पार्टीमा समितिहरू रहेको बताउँदै सामाजिक सञ्जालमा नौट्ङकी नदेखाउन पनि चेतावनी दिए ।

प्रदेश इन्चार्ज भट्टले भने, ‘नेपाली राजनीतिमा नेपालीकल्चर जो छ, हिजोको दिनमा एउटा मर्यादित, जुन खालको सुव्यवस्थित र सम्मानजनक, ढंगले जाने र आफ्ना मतहरुलाई व्यक्त गर्ने, कमिटी प्रणाली छ, संगठनात्मक कमिटी प्रणालीबाट हामीले हरेक समस्याहरु, विचारहरु, भिन्न मतहरुलाई छलफल र समाधान गर्दै आएका छौँ, कसैलाई आफूलाई चित्त बुझेन भने मैले भनेको हुनुपर्छ नत्र म आउँदिन भन्ने, उपस्थित हुन्न भन्ने, राजीनामा दिन्छु भन्ने, यी खालका अभिव्यक्तिहरु आउँछन्, पार्टी, म बिना हुँदैन भन्ने चिन्तन जुन छ, यो चिन्तन गलत छ, व्यक्ति नभए पनि पार्टी चल्छ, देश चल्छ र जीवन चल्छ । यहाँ त निर्माण गरेकोलाई ध्वंस गर्ने काम भइरहेको छ, अहिलेको हाम्रो लक्ष्य र उद्देश्य निर्माण हो, एकता हो र हामीले पार्टीले लिएको नीति र व्यक्तित्वले लिएको दर्शन के हो त ? समृद्ध नेपाल र सुखी नेपाली आम समाजवाद तिर कसरी लैजान सकिन्छ भन्ने हो ।’

एमाले उपाध्यक्ष रावलले मंगलवार बिहान ट्वीट गर्दै सुदूरपश्चिम प्रदेश कमिटीको बैठकप्रति आपत्ति जनाएपछि नेकपा एमाले सुदूरपश्चिमका अध्यक्ष कर्ण थापाले पार्टीको असन्तुष्टिलाई जनता र कार्यकर्ताको बीचमा लैजानुले पार्टीलाई फाइदा नहुने बताए । उनले असन्तुष्ट विचारले अन्य पार्टी विपक्षीहरुलाई मात्र खुशी बनाउने बताए । नेकपा एमाले कैलालीको पार्टी कार्यालयमा उपाध्यक्ष रावलको अनुपस्थितीमा प्रदेश कमिटीको पूर्ण बैठक चलिरहेको हो । पूर्ण बैठकमा प्रदेश अध्यक्ष थापाले सुदूरपश्चिममा एमाले अधिवेसन शान्तीपूर्ण ढंगले सम्पन्न भएको बताए ।

अध्यक्ष थापाले भने, ‘कुनै किसिमको असन्तुष्टि जनता र कार्यकर्ताको बीचमा लिएर जाने कुराले कसैलाई पनि फाइदा हुनेवाला छैन, यो आन्दोलनलाई त्यसले ठूलो धोका देला, नोक्शानी पु¥याउला, विपक्षीहरु खुशी होलान्, बिरोधीहरु हौसेलान्, तर हाम्रो पार्टी पंक्तिलाई कुनै उपलब्धि हुने छैन ।’

बैठकमा प्रदेश इन्चार्ज लेखराज भट्ट, सह–इन्चार्ज नारदमुनि राना, निरु पाल, प्रदेश अध्यक्ष कर्ण थापा, सचिव राजेन्द्रसिंह रावललगायत नेताको उपस्थिती रहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.