२४ कार्तिक, काठमाडौं ।
हाल नेपालमा कुनै उल्लेखनिय मौसमी प्रणालीको असर छैन।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज (बुधबार) बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै यस्तो जानकारी गराएको हो ।
महाशाखाकाअनुसार हाल देशको पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ ।
साथै महाशाखाले वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सामान्य सतर्कता अपनाउन अनुरोधसमेत गरेको छ ।