यसवर्ष बूढानीलकण्ठमा मेला लाग्ने

यसवर्ष बूढानीलकण्ठमा मेला लाग्ने

२४ कात्तिक, काठमाडाैँ ।

उपत्यकाको महत्वपूर्ण धार्मिकस्थल बूढानीलकण्ठ मन्दिरमा हरिबोधिनी एकादशीको अवसरमा मेला लाग्ने भएको छ । कात्तिक २७ देखि मङ्सिर ३ गतेसम्म हुने सो मेलाको तयारी र व्यवस्थापनका लागि उपसमिति गठन गरिएको बूढानीलकण्ठ नारायण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण खड्काले बताए ।

शिवपुरी र खप्तड बाबाले तप गरेको पावन शिवपुरी पर्वत शृङ्खलाको काखमा रहेको पवित्र बूढानीलकण्ठ मन्दिरमा हरेक वर्ष लाग्ने गरेको सो मेला कोरोना महामारीको कारण रोकिएको थियो । खड्काले भने, “हामीले मेलाको लागि सबै प्रकारको तयारी गर्न समितिमार्फत सम्पूर्ण कार्य अगाडि बढाइसकेका छौ ।”

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.