महाधिवेशनको कार्यतालिका एक दिन पनि परिवर्तन हुँदैन: सिटौला

महाधिवेशनको कार्यतालिका एक दिन पनि परिवर्तन हुँदैन: सिटौला

२४ कात्तिक, काठमाडाैँ ।

नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका एक दिन पनि परिवर्तन हुन नसक्ने बताएका छन् । नेता सिटौलाले कार्यतालिका अत्यन्तै छोटो भएकाले पार्टीको महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गराउने काममा मिलेर अघि बढन पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरे ।

बुधबार काठमाडौंको शान्ति बाटिकामा आयोजित एक कार्यक्रममा बोल्दै उनले पार्टी नेतृत्वको लागि स्वच्छ प्रतिस्पर्धा गर्न र पार्टीलाई सम्पूर्ण रुपमा एकतावद्ध बनाएर देशप्रति समर्पित भएर अघि बढन पार्टीका नेता, कार्यकर्तालाई सफलता मिलोस् भनि कामना समेत गरे । नेता सिटौलाले भने, ‘२७ गतेबाट बाँकि रहेका वडा अधिवेशनहरु सम्पन्न गरेर मंसीरको २७ गते पार्टीको केन्द्रित पदाधिकारी हामीले निर्वाचित गर्नुछ । अत्यन्तै छोटो कार्यतालिका छ । अत्यन्तै साँघुरो हाम्रो कार्यतालिका छ । तर एक दिन पनि यो कार्यतालिका परिवर्तन हुन सक्दैन । यसलाई हामीले सफल बनाउनु छ, सबैले मिलेर । तर प्रतिस्पर्धा गर्नुछ । स्वच्छ प्रतिस्पर्धा गर्नुछ । आन्तरिक लोकतन्त्रको अभ्यास दिल खोलेर गर्नुछ । र प्रतिस्पर्धापछि पार्टीभित्र सम्पूर्ण एकता निर्माण गरेर पनि देशप्रति समर्पित पार्टीको रुपमा नेपाली काँग्रेसलाई उर्तानुछ । यसका लागि तपाईँ सम्पूर्ण साथीहरुलाई सफलता मिलोस् । प्रतिस्पर्धामा सफलता मिलोस् । प्रतिस्पर्धापछि पार्टी भित्र गर्ने सम्पर्ण एकतामा पनि सफलता मिलोस् भनेर म शुभकामना दिन चाहन्छु ।’

पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता सिटौलाले छठ पर्वको शुभकामना व्यक्त गर्दै जनतामा समृद्धि आउने गरी अघि बढन सरकार र राजनीतिक दलका नेताहरुलाई आग्रह समेत गरे। उनले जनताको हितमा काम गर्न सबै राजनीतिक दलहरुले एकतावद्ध भएर अघि बढनुपर्ने आवश्यक्ता औंल्याए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.