२४ कात्तिक, कैलाली ।
१० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्ट रहेका नेकपा एमाले डडेलधुराका अध्यक्ष तारा जोशी माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । डा. जोशी बुधबार डडेल्धुरामा आयोजना भएको कार्यक्रममा केन्द्रीय अध्यक्ष माधवकुमार नेपालको उपस्थितिमा समाजवादी पार्टीमा प्रवेश गरेका हुन् ।
दस बुँदे सहमतिपछि एमालेकै रहेका अध्यक्ष जोशीसहित ४१ सदस्य नेकपा एसमा प्रवेश गरेका हुन् । एमालेमा देखिएको व्यक्तिवादी, सिद्धान्तहीन र अराजकतावादी सोचकविरुद्ध आफूहरू समाजमावादीमा लागेको उनले बताए । नेता डा. जोशीले आफूसहितको सम्पूर्ण टीम समाजवादीमा क्रियाशील हुने बताए ।
१० बुँदे सहमति कार्यान्वयन नगरेको भन्दै जोशीसहितका डडेलधुराका नेताहरुले गत असोजमा गोदावरीमा भएको विधान महाधिवेशन बहिस्कार गरेका थिए ।
जोशीले २६ वर्षको उमेरमै ०५४ सालतिर एमालेको जिल्ला नेतृत्व लिएका सम्हालेका थिए । पछिल्ला दुई अधिवेशनमा पनि उनी अध्यक्ष छानिएका थिए । गत प्रदेश सभा निर्वाचनमा पनि एमाले भित्रको अन्तरघातका कारण उनी ३५६ मतले पराजित भएका थिए ।