बक्राह खोलाले २ युवक बगायो

बक्राह खोलाले २ युवक बगायो

२४ कात्तिक, विराटनगर ।

मोरङकाे रंगेली नगरपालिका-७ स्थित बक्राह खोलामा नुहाउन गएका २ जना युवकलाई खाेलाले बगाएको छ । बगाएका मध्ये एक जनाको मृत्यु भएको छ भने अर्का युवक बेपता भएका छन् ।

बुधबार दिउँसो साढे १२ बजे भारत मध्यापुरा सिंहेश्वरथान घर भई रंगेली नगरपालिका- ६ भन्सार टोल सुरेश साहको घरमा पाहुना आएका २१ बर्षीय बिटु कुमार साह र १८ बर्षीय राजा साह बक्राह खोलाको पानीमा नुहाउने क्रममा बेपत्ता भएका थिए ।

घटनाको जानकारी पाएलगत्तै ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएकाे प्रहरी टोलीले खोजतलास गर्दा बिटु कुमार साह फेला परेका थिए । उनलाई उपचारको लागी रंगेली अस्पताल पठाई चेकजाँच गर्दा मृत्यु भईसकेको प्रहरीले जनाएकाे छ । बेपत्ता राजा साहको खोजतलास भईरहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.