विराटनगर,साउन २१
तेह्रथुमको म्याङलुङ नगरपालिका वडानम्बर–९ ले गर्भवती महिलाहरुलाई प्रोत्साहन गर्न अण्डा वितरण कार्यक्रम सञ्चालनमा ल्याएको छ ।
वडा कार्यालयले स्वास्थ्य चौकीमा नियमित गर्भ चेकजाच गर्न आउने गर्भवती महिलालाई एक पटकमा १० वटा अण्डा प्रदान गर्ने कार्यक्रम ल्याएको हो । गर्भवती महिलालाई नियमित स्वास्थ्य परीक्षण गर्नका लागि प्रोत्साहन गर्न प्रत्येक पटक १० वटा अण्डा प्रदान गर्ने वडा अध्यक्ष राजेन्द्र तामाङले बताए ।
सामान्य रुपमा एक गर्भवती महिलाले अनिबार्य ४ पटक गर्भ जाँच गराउनुपर्छ । अब वडा कार्यालयबाट ४ पटक गर्भजाँच गराउने गर्भवती महिलाले ४० वटा अण्डा प्राप्त गर्नेछन् । यस आर्थिक वर्षमा ७० जना महिलाको गर्भजाँच गर्ने लक्ष्य लिएको स्वास्थ्य चौकीका प्रमुख अस्मि लिम्बूले बताए ।