NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
आज सुदूरपश्चिम भर्सेस विराटनगर र चितवन भर्सेस पोखरा शनिबार मंसिर २० , २०८२
फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ? शनिबार मंसिर २० , २०८२
सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ शनिबार मंसिर २० , २०८२
कुलमानदेखि हर्क थर्कमान, कसरी बने तगारो ? भने एजेन्ट शुक्रबार मंसिर १९ , २०८२
आणविक बटनसहित ५ वर्ष शक्ति मुनिरको हातमा शुक्रबार मंसिर १९ , २०८२
Next
Prev

समाचार

देशैभर मध्यमदेखि भारी वर्षाः नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

सोमवार साउन २१ , २०७५
Reading Time: 1 min read
A A
मनसुन पूर्ण सक्रिय हुन अझै केही दिन लाग्ने
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

काठमाडौँ, साउन २१
मनसुन न्यूनचापीय प्रणालीको प्रभावले देशैभर बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम र केही स्थानमा भारी वर्षा भएको छ ।

मनसुन न्यूनचापीय रेखा नेपाल नजिक (खासगरी मध्य र पश्चिम क्षेत्र) भएकाले काठमाडौँ उपत्यकासहित देशभर बदली र वर्षा भएको मौसविद् मीनकुमार अर्यालले जानकारी दिए । उनका अनुसार आज राति काठमाडौँसहित मध्य र पश्चिमका एक÷दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ । बुधबारदेखि मौसममा क्रमिक सुधार आउनेछ । वर्षा भए पनि भारी वर्षाको सम्भावना नरहेको मौसमविद अर्यालको भनाइ छ ।

मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गर्दै दिउँसो र राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा वर्षा हुने तथा पश्चिमी क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको सम्भावना औँल्याएको छ ।भोलि मंगलबार दिउँसो र राति देशभर सामान्यदेखि पूर्ण बदली रही देशका मध्य र पश्चिमका धेरै स्थानमा र पूर्वका केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना छ । राति पश्चिम तथा मध्यका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

LS Auto

आज काठमाडौँ उपत्यकासहित देशैभर बदली र वर्षा भएको छ । महाशाखाको विवरणअनुसार आज काठमाडौँमा ४४ मिलिमिटर वर्षा भएको छ । सबैभन्दा धेरै नेपालगञ्जमा ६४, ओखलढुङ्गामा ५६ र वीरेन्द्रनगरमा ४६ मिलिमिटर वर्षा भएको छ । त्यस्तै सिमरामा ३६, पोखरामा २६, दाङमा २५ र विराटनगरमा १९ मिलिमिटर वर्षा भएको छ । लगातारको वर्षाका कारण आज काठमाडौँ र ललितपुरका लुभू, गोदावरी खोलालगायत केही स्थानमा डुबान तथा बागमती, विष्णुमती, इच्छुमती, मनोहरा र हनुमन्तेमा पानीको बहाव बढेको छ ।

देशभर मध्यम वर्षा

मनसुन न्यूनचापीय रेखा नेपालतर्फ रहेकाले विगत तीन दिनदेखि निरन्तर वर्षा भइरहेको छ । मौसमविद् अर्यालको भनाइमा मौसमी मापदण्डअनुसार उच्च पहाडी र हिमाली भेगबाहेक ५० मिलिमिटरसम्म वर्षा भएमा त्यसलाई मध्यम र ५० भन्दा माथि गएमा भारी वर्षा मानिन्छ ।

एक सय मिलिमिटरभन्दा माथि भएमा अत्यधिक वर्षा मानिन्छ । अहिले सरदर देशभर मध्यम खालको र मध्य र पश्चिमका एक÷दुई स्थानमा भारी वर्षा भएको छ । काठमाडौँमा भएको वर्षा पनि भारी वर्षाकै हाराहारीमा हो ।

प्रमुख नदी तथा चुरे र पहाडबाट बहने नदीहरुमा बाढीको सम्भावना

लगातारको वर्षाका कारण देशका प्रमुख नदी तथा चुरे र पहाडबाट बहने नदीहरुमा बाढीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, जलविज्ञान महाशाखा÷बाढी पूर्वानुमान शाखाले जनाएको छ ।शाखाले आज तीन दिनसम्मको बढी बुलेटिन निकालेर कमला, बागमती, कन्काईलगायतका नदीमा बहाब सतर्कता तह आसपास पुग्ने पूर्वानुमान भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको हो ।

दाङ, बाँके, बर्दिया, कैलाली, सुर्खेत, झापा, मोरङ, सिन्धुलीलगायत जिल्लाको चुरे र पहाडबाट बहने नदीहरुमा आकस्मिक बाढीको सम्भावना भएकाले सर्तक रहन आग्रह गरिएको छ । साथै, बबईलगायत नदीमा बहाव उच्च रहेकाले थप बढ्ने खरता छ । पहिरोग्रस्त क्षेत्रमा सतर्क अपनाउन भनिएको छ ।

देशैभर पहाडी क्षेत्रमा मध्यमदेखि भारी वर्षाको सम्भावना भएकाले साना खोलामा समेत बहाव एक्कासि बढ्न सक्ने भएकाले सतर्क रहन शाखाले आग्रह गरेको छ । भोलि देशका प्रायः प्रमुख नदीहरुमा पानीको सतह घट्दो क्रममा हुने भए पनि बहाव उच्च नै हुने हुँदा सतर्कता अपनाउन भनिएको छ । बुधबारबाट प्रायः नदीहरुमा बहाव सामान्य हुने शाखाको पूर्वानुमान छ ।
रासस

लोकप्रीय

एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली

आज सुदूरपश्चिम भर्सेस विराटनगर र चितवन भर्सेस पोखरा

शनिबार मंसिर २० , २०८२
फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

शनिबार मंसिर २० , २०८२
सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

शनिबार मंसिर २० , २०८२

विचार

एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली

आज सुदूरपश्चिम भर्सेस विराटनगर र चितवन भर्सेस पोखरा

शनिबार मंसिर २० , २०८२
फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

शनिबार मंसिर २० , २०८२
सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

शनिबार मंसिर २० , २०८२

थप समाचार

एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली
खेलकुद

आज सुदूरपश्चिम भर्सेस विराटनगर र चितवन भर्सेस पोखरा

शनिबार मंसिर २० , २०८२
फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?
खेलकुद

फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

शनिबार मंसिर २० , २०८२
सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ
ताजा समाचार

सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

शनिबार मंसिर २० , २०८२
कुलमानदेखि हर्क थर्कमान, कसरी बने तगारो ? भने एजेन्ट
ताजा समाचार

कुलमानदेखि हर्क थर्कमान, कसरी बने तगारो ? भने एजेन्ट

शुक्रबार मंसिर १९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: भेनेजुएलाले ५६०० सैनिक थप परिचालन, क्यानडाले सिरियालाई सूचीबाट हटायो || Nepal Times

World News: भेनेजुएलाले ५६०० सैनिक थप परिचालन, क्यानडाले सिरियालाई सूचीबाट हटायो || Nepal Times

00:17:27

World News:इमरान राष्ट्रिय सुरक्षाका लागि खत रा? ट्रम्पलाई शान्ति पुरस्कार|| Nepal Times

00:15:39

World News: Ukraine प्रस्ताव यूएनमा पेस, नेपालले गरेन मतदान, Trumpलाई Putinसंग आशा || Nepal Times

00:19:05

World News: पुटिन भारत आउँदा म्याक्रोँ चीन पुगे, मोदीलाई ट्रम्पको ९५ करोड डलरको ह*ति*यार अफर

00:20:44

World NEWS:IRANबाट १० अफगानी मारिए,आकाशमा इन्धन भर्ने विमान किन्दै भारत|| Nepal Times

00:20:32

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेपाली कांग्रेसको सभापतिमा कसले बाजी मार्छन ?

नेपाली कांग्रेसको सभापतिमा कसले बाजी मार्छन ?

शुक्रबार मंसिर १९ , २०८२
दिल्ली जाँदै गरेको बसमा भीषण आगलागीः अधिकांश यात्रु नेपाली

दिल्ली जाँदै गरेको बसमा भीषण आगलागीः अधिकांश यात्रु नेपाली

मङ्लबार मंसिर १६ , २०८२
काठमाडौँका तत्कालीन सिडियोसँग जाँचबुझ आयोगले लिइयो बयान

काठमाडौँका तत्कालीन सिडियोसँग जाँचबुझ आयोगले लिइयो बयान

बिहिबार मंसिर १८ , २०८२

हालका पोस्टहरू

एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली

आज सुदूरपश्चिम भर्सेस विराटनगर र चितवन भर्सेस पोखरा

शनिबार मंसिर २० , २०८२
फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

शनिबार मंसिर २० , २०८२
सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

शनिबार मंसिर २० , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.