२५ कात्तिक, काठमाडौं ।
सर्वोच्च अदालत क्षेत्रमा कानुन व्यवसायीहरुको प्रदर्शन चर्किएपछि त्यसलाई रोक्ने उद्देश्यले सशस्त्र प्रहरीको टोली पनि खटाइएको छ । सशस्त्र प्रहरीको टोली नेपाल प्रहरीको ब्याक सपोर्टमा देखिएको छ ।
सर्वोच्च अदालत परिसरमा नेपाल प्रहरीका डिएसपीको कमाण्डमा एक टोली पहिलेदेखि नै खटिएको छ । अहिले सशस्त्रका इन्सपेक्टरसहितको अर्को टोली पनि सर्वोच्च अदालतभित्रै तैनाथ छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै कानुन व्यवसायीहरुले आज सर्वोच्च अदालत परिसरमा प्रदर्शन गर्दा प्रहरीले हस्तक्षेप गरेको थियो । साे क्रममा प्रहरी र कानुन व्यवसायीबीच घम्साघम्सी हुँदा बार महासचिवसहित ६ जना घाइते भएका छन् ।