प्रधानन्यायाधीशलाई भोलि सर्वोच्च छिर्न नदिने बारको घोषणा, सम्पूर्ण इजलास बहिष्कार

प्रधानन्यायाधीशलाई भोलि सर्वोच्च छिर्न नदिने बारको घोषणा, सम्पूर्ण इजलास बहिष्कार

२५ कात्तिक, काठमाडौं ।

नेपाल बार एशोसियसनले भोलिदेखि आन्दोलनलाई अझ सशक्त बनाउने दाबी गरेको छ ।

सर्वोच्चमा धर्ना बस्न गएका कानून व्यवसायी र प्रहरीबीच झडपको क्रममा प्रहरीको कुटाइबाट केही अधिवक्ता घाइते भएको भन्दै बारले आन्दोलनलाई अझ कडा बनाउने चेतावनी दिएकाे हाे ।

नेपाल बारका अध्यक्ष चन्डेश्वर श्रेष्ठले भोलि प्रधानन्यायाधीश जबरालाई सर्वोच्च छिर्न नदिने धर्नास्थलबाट घोषणा गरे । उनले भने, ‘प्रधानन्यायाधीशले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्छ । आन्दोलनलाई अझ सशस्कत बनाउँछौं ।’

शुक्रबार सबै बेन्च बहिस्कार गर्ने पनि बारले घोषणा गरेको छ । प्रहरी दमनको विरोधमा भोलि सम्पूर्ण इजलास बहिष्कार गरेको बारका महासचिव लीलामणि पौडेल जानकारी दिए । उनका अनुसार भोलि सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको मुद्दामा समेत कानुन व्यवसायीहरुले बहस पैरवी गर्ने छैनन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै बार एशोसिएसनको आह्वानमा कानुन व्यवसायीहरुले बिहीबार सर्वोच्चमा धर्ना दिएका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.