प्रधानसेनापति शर्मा र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

प्रधानसेनापति शर्मा र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

२५ कात्तिक, काठमाडाैँ ।

प्रधानसेनापति प्रभुराम शर्मा र भारतीय विदेशमन्त्री एस जयशंकरबीच साउथ ब्लकमा भेटवार्ता भएको छ ।

बिहीबार भएकाे द्धिपक्षीय भेटवार्तामा दुई मुलुकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउनेबारे छलफल भएको भारतीय विदेशमन्त्रीले जनाएका छन् । भारत भ्रमणमा रहेका प्रधानसेनापतिले आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षामन्त्री राजनाथ सिंहलाई पनि भेट्ने जनाइएको छ ।

प्रधानसेनापति शर्माले बुधबार भारतीय राष्ट्रपतिबाट भारतीय सेनाको मानार्थ सेनाध्यक्षको पदवी पनि ग्रहण गरेका थिए । उनले तीन सेनाका समकक्षीसँग पनि भेटवार्ता गरेका छन् । मंगलबारै उनले भारतीय स्थल सेनाका प्रमुख मनोज मुकुन्द नरवणेसँग भेटवार्ता गरेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.