मदिरा तथा सूर्तिजन्य पदार्थको विज्ञापन रोक्न विज्ञापन बोर्डको निर्देशन

मदिरा तथा सूर्तिजन्य पदार्थको विज्ञापन रोक्न विज्ञापन बोर्डको निर्देशन

२६ कार्तिक, काठमाडौं ।

विज्ञापन बोर्डले मदिरा तथा सूर्तिजन्य पदार्थको विज्ञापन प्रकाशन तथा प्रसारण गर्ने पत्रपत्रिका तथा सञ्चारमाध्यमलाई कारबाही गर्ने चेतावनी दिएको छ। बोर्डले बिहीबार विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएको हो।

जनस्वास्थ्य सेवा ऐन, २०७५ तथा विज्ञापन ऐन २०७६ विपरीत मदिरा तथा सूतिजन्य पदार्थको विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न तथा नगराउन निर्देशन समेत दिएको छ। होडिङ बोर्डमा रहेका विज्ञापन समेत तत्काल हटाउन भनेको छ।

विज्ञापन तत्काल नहटाए कानूनी कारबाही गर्ने बोर्डले जनाएको छ। जनस्वास्थ्य सेवा ऐनले मदिरा, चुरोट, सूर्ती तथा सूर्तिजन्य पदार्थ लगायतका मानव स्वास्थ्यलाई प्रतिकूल असर गर्ने कुनै पनि विज्ञापन सामग्रीको उत्पादन, वितरण तथा प्रचार प्रसार गर्न पाइने छैन भन्ने उल्लेख गरिएको छ।

यस्तै विज्ञापन ऐनमा पनि प्रचलित कानूनले विज्ञापन गर्न निषेध गरेका विषयमा विज्ञापन गर्न नहुने उल्लेख छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.