आन्दोलनमा प्रधानन्यायाधीशले भिजिलान्ते पठाए : नेपाल बार

आन्दोलनमा प्रधानन्यायाधीशले भिजिलान्ते पठाए :  नेपाल बार

२६ कात्तिक, काठमाडौं ।

नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले भिजिलान्ते प्रयोग गरेर आन्दोलन दबाउन खोजेको आरोप लगाएको छ । एशोसिएसनका महासचिव लिलामणि पौडेलले धर्नालाई सम्बोधन गर्दै सो आरोप लगाएका हुन् ।

उनले आन्दोलनमा घुसपैठ गराएर निस्तेज पार्न खोजिएको दाबी गर्दै एशोसिएसनको आन्दोलन अझै सशक्त हुने बताए । सर्वोच्चको मूल गेटमा धर्नामा बस्न गएका कानुन व्यवसायी र राणा पक्षधर कानुन व्यवसायीबीच झडपको अवस्था बनेको थियो। त्यसक्रममा प्रहरीले राणापक्षधर पाँच जनालाई पक्राउ गरेको थियो।

कानुन व्यवसायीहरु अहिले सर्वोच्च अदालतको मूल गेट अगाडि धर्नामा बसेका छन् । त्यहाँको कोणसभालाई कानुन व्यवसायीहरुले सम्बोधन गरिरहेका छन् । १२ बजेसम्म त्यहाँ कार्यक्रम गर्ने र नेपाल बार एशोसिएसनको कार्यालयमा फर्किने उनीहरुले बताएका छन् ।

उनीहरुले आज प्रधानन्यायाधीश जबरालाई आज सर्वोच्च अदालत भित्र प्रवेश गर्न नदिने योजना बनाएका छन् । उनीहरुको योजना असफल पार्न व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.