एमालेले महाधिवेशन प्रचारमा कागजका पोस्टरहरु प्रयोग नगर्ने

एमालेले महाधिवेशन प्रचारमा कागजका पोस्टरहरु प्रयोग नगर्ने

२६ कात्तिक, चितवन ।

नेकपा एमालेले १०औं महाधिवेशनको प्रचार प्रसारमा कागजका पोस्टरहरु प्रयोग नगर्ने भएको छ ।

शुक्रबार चितवनमा आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख योगेश भट्टराईले महाधिवेशनको प्रचारमा भित्ते लेखन र कागजका पोष्टरहरु प्रयोग नहुने बताए ।

उनका अनुसार मुख्य शहरहरुमा डिजिटल डिस्प्लेहरुमा महाधिवेशनको प्रचार प्रचार गरिनेछ भने हाइवे तथा सहायक सडकहरुमा पनि स्वागतद्धारहरु बनाइनेछ ।

मंसिर ७ गते मोटरसाइकल र्‍याली हुने जनाइएकाे छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.