प्रचण्डको सचिवालयमा हेरफेर, हटाइयो महरा र सापकोटालाई

प्रचण्डको सचिवालयमा हेरफेर, हटाइयो महरा र सापकोटालाई

२६ कात्तिक, काठमाडौँ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालय हेरफेर भएकाे छ ।

प्रमुख स्वकीय सचिव जोगबहादुर महरा र प्रेस संयोजक बिष्णु सापकोटा ‘जुगल’लाई सचिवालयको जिम्मेवारीबाट हटाइएको अध्यक्ष प्रचण्डले शुक्रबार स्थायी समिति बैठकमा जानकारी गराएका हुन् ।

सचिवालयबाट जिम्मेवारीमुक्त गरिएको महरालाई लुम्बिनी प्रदेशको सह–इन्चार्जको जिम्मेवारी दिइएको छ भने सापकोटालाई प्रेस सेन्टरको जिम्मेवारी दिइएको छ ।

हाललाई प्रमुख स्वकीय सचिव नराखी स्वकीय सचिवका रुपमा पूर्व विद्यार्थी नेता रमेश मल्ललाई जिम्मेवारी दिइएको दाहालको सचिवालयले जनाएको छ । यसअघि दाहाल दोस्रो पटक प्रधानमन्त्री हुँदा मल्लले सचिवालयमा बसेर काम गरेका थिए । दाहाल छोरी गंगा पनि स्वकीय सचिव छिन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.