उपमेयर कपको उपाधिका लागि धनगढी र ललितपुर खेल्ने

उपमेयर कपको उपाधिका लागि धनगढी र ललितपुर खेल्ने

२६ कात्तिक, काठमाडाैँ ।

ललितपुर महानगरपालिका र धनगढी उपमहानगरपालिकाले राजधानीमा जारी उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगिताको फाइनलमा स्थान बनाए सँगै राष्ट्रिय लिगमा स्थान पक्का गरेका छन् । ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा आज सम्पन्न सेमिफाइनल खेलमा सुखद नतिजा निकाल्दै ललितपुर र धनगढीले राष्ट्रिय लिगमा स्थान पक्का गरेका हुन् ।

आज दिउँसो भएको दिनको पहिलो सेमिफाइनल खेलमा ललितपुरले कन्काई नगरपालिका झापालाई १–० ले पराजित फाइनलमा स्थान बनाउँदा राष्ट्रिय लिगका लागि योग्य भएको हो । ललितपुरको जितमा कप्तान निर्मला विकले तेस्रो मिनेटमा गरेको गोल नै निर्णायक भएको थियो । निकै प्रतिस्पर्धात्मक भएको खेलमा दुबै टोलीले आकर्षक खेल खेलेका थिए । पहिलो हाफमा पछि परेपछि आक्रामक खेलेको कन्काईले केही राम्रा अवस खेल अवधिमा सिर्जना गरे पनि सदुपयोग गर्न चुकेको थियो । जसको मूल्य कन्काई निकै ठूलो भयो ।

प्रतियोगिता अन्तर्गत आजै सम्पन्न दिनको दोस्रो तथा अन्तिम सेमिफाइनल खेलमा गौरिगंगा नगरपालिकालाई ४–० ले हराउँदै फाइनलमा स्थान बनाउँदै धनगढी पनि राष्ट्रिय लिगका लागि छनोट भएको छ । सुरुआतबाटनै दबाबर दिएकर खेलेको धनगढीले पहिलो हाफमा एक गोल गरेको थियो दोस्रो हाफमा थप तीन गोल गर्दै ललितपुरसँगको भिड्न्त पक्का गरेको हो ।

३१ टोलीको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल आइतबार हुने छ । खेल सातदोबाटो स्थित एन्फा मुख्यालयको मैदानमा हुनेछ । प्रतियोगिताको विजेताले ५ लाख नगद पुरस्कार पाउनेछ भने उपविजेताले ३ लाख र फेयर प्ले टिमले ५० हजार तथा प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ५० हजार र विधागततर्फ उत्कृष्ट हुनेले समान २०–२० हजार प्राप्त गर्नेछन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.