क्रिकेटर कविता गौतमलाई सिप्यानले एक लाख सहयोग गर्ने

क्रिकेटर कविता गौतमलाई सिप्यानले एक लाख सहयोग गर्ने

२६ कात्तिक, काठमाडौं ।

महिला क्रिकेटर कविता गौतमलाई क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान)ले आर्थिक सहयोग गर्ने भएको छ । चोटका कारण मैदान बाहिर रहेकी उनलाई उपचारका लागि एक लाख आर्थिक सहयोग गर्ने संघले विज्ञप्ति जारी गरेर जानकारी दिएको छ।

चोट कारण मैदान बाहिर रहेकी उनी हाल आर्थिक संकटमा छिन् । परिवारको आर्थिक अवस्था कमजोर भएका कारण उपचारका लागि समेत समस्या परेको खबर आएको थियो ।

शुक्रबार क्रिकेट खेलाडी संघ नेपालका अध्यक्ष डा. मनिषराज पाण्डे र महासचिव पारस खड्काले संयुक्तरुपमा जारी गरेकाे विज्ञप्तिमा तत्काल उपचारका लागि एक लाख आर्थिक सहयोग गर्नुका साथै उपचारका लागि अस्पताल र चिकित्सकसँग आवश्क समन्वय गर्ने प्रतिवद्धता समेत व्यक्त गरिएकाे छ ।

‘महिला क्रिकेट खेलाडी कविता गौतमको जीवन काहानी र चोटका विषयमा पछिल्लो समयमा सामाजिक सञ्जालबाट प्राप्त समाचारप्रति ध्यानाकर्षण भएको छ। कविता गौतमको उपचारका लागि संघको तर्फबाट रु. एक लाख रुपैयाँ सहयोग गर्ने जानकारी गराउदछौं। यसका साथै निजको उपचारका लागि अस्पताल र चिकित्सकहरुसँग क्रिकेट खेलाडी संघ नेपालले आवश्यक परामर्श र समन्वय गर्ने प्रतिवद्धता समेत व्यक्त गर्दछौं,’ जारी विज्ञप्तिमा भनिएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.