२७ कात्तिक, काठमाडौं ।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी निकट पत्रकारहरूलाई रक्सी नखान निर्देशन दिएका छन् ।
शनिबार समाजवादी प्रेस संगठन नेपालको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले रक्सी खाएको थाहा पाएँ राम्रो नमान्ने बताएका हुन् । उनले भने, ‘पाँच तारे होटल धाइधाई, कसैलाई नखाई निद्रै नलाग्ने बानी पक्कै छैन होला । यो कुरा थाहा पाए भने म राम्रो मान्ने छैन ।’
पार्टी नेताहरु समेत साँझ नपर्दै होटलको कोठाकोठा पुगेर रक्सी खाने र झगडा गर्नेगरेको सूचना पाएको भन्दै अध्यक्ष नेपालले पत्रकारहरुले पनि त्यसो गर्न नहुने बताए ।
आर्थिक प्रलोभनमा परेर राक्षसलाई देउता बनाउने काम नगर्न पनि अध्यक्ष नेपालले आग्रह गरे ।