पार्टी निकट पत्रकारहरुलाई रक्सी नखान माधव नेपालकाे निर्देशन

पार्टी निकट पत्रकारहरुलाई रक्सी नखान माधव नेपालकाे निर्देशन

२७ कात्तिक, काठमाडौं ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी निकट पत्रकारहरूलाई रक्सी नखान निर्देशन दिएका छन् ।

शनिबार समाजवादी प्रेस संगठन नेपालको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले रक्सी खाएको थाहा पाएँ राम्रो नमान्ने बताएका हुन् । उनले भने, ‘पाँच तारे होटल धाइधाई, कसैलाई नखाई निद्रै नलाग्ने बानी पक्कै छैन होला । यो कुरा थाहा पाए भने म राम्रो मान्ने छैन ।’

पार्टी नेताहरु समेत साँझ नपर्दै होटलको कोठाकोठा पुगेर रक्सी खाने र झगडा गर्नेगरेको सूचना पाएको भन्दै अध्यक्ष नेपालले  पत्रकारहरुले पनि त्यसो गर्न नहुने बताए ।

आर्थिक प्रलोभनमा परेर राक्षसलाई देउता बनाउने काम नगर्न पनि अध्यक्ष नेपालले आग्रह गरे ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.