२७ कात्तिक, काठमाडौं ।
नेपालमा जलवायु संकटको असरबारे अध्ययन गर्न तीन शक्ति राष्ट्रका राजदूतले संयुक्तरुपमा नेपाल भ्रमण गर्ने भएका छन् ।
अमेरिकी राजदूत र्यान्डी बेरी, बेलायती राजदूत निकोला पोलिट र अष्ट्रेलियाली राजदूत फेलिसिटी भल्कले नेपालका प्रमुख पर्यटकीय थलोहरु घुम्न लागेकाे अमेरिकी दूतावासले विज्ञप्तिमार्फत जानकारी दिएकाे छ । विज्ञप्तिमा भनिएकाे छ, ‘जलवायू परिवर्तन तथा यसले हिमाली क्षेत्रका बासिन्दाहरु तथा वातावरणमा पारेको असरी लगायतका कुरा थाहा पाउन तीनजना राजदूत संयूक्त भ्रमणमा निस्कने तयारीमा हुनुहुन्छ ।’
राष्ट्रसंघीय जलवायू सम्मेलन कोप-२६ अध्यक्ष मुलुक बेलायत, अष्ट्रेलिया र अमेरिकाले जलवायू चुनौतिसँग लड्न नेपाललाई जलवायू लगानी गर्ने समेत प्रतिबद्धता जनाएका छन् ।