२७ कात्तिक, काठमाडाैँ ।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता एवम् पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले न्यायालयमा देखिएको समस्या गर्न सरकार जिम्मेवार नभएको आरोप लगाएका छन् । नेता रायमाझीले न्यायालयमा देखिएको समस्याको दोष प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मात्रै लगाएर अन्य न्यायाधीशहरुलाई चोख्याउने पक्षमा आफ्नो पार्टी नरहेको पनि स्पष्ट पारे ।
शनिबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले प्रधानन्यायाधीश जबराले गल्ती गर्नु भएको छैन भनेर भन्न नमिल्ने उल्लेख गर्दै त्यो गल्तीको जिम्मेवारी अन्य न्यायाधीशहरुले पनि लिनुपर्ने तर्कं गरे । उनले भने, ‘जे गलत निर्णयहरु न्यायालयबाट भयो । त्यसमा सबै न्यायमूर्तिहरुको सहमती थियो नि । जसजसले सो गल्ती निर्णय गरेका थिए, ती सबैले कारबाही भोग्नु प¥यो नि । सरकारले महाअभियोग लगाउने हो भने लगाउनु प¥यो । सरकारको जिम्मेवारी हो नि । दोष एउटा व्यक्तिमाथि थोपर्ने अनि पन्छिन मिल्दैन । निश्चय नै प्रधानन्यायाधीशले गल्ती गर्नु भएको भन्दिन म । अदालतको अनुसन्धानबाट तथ्य आउला । तर सरसर्ती हेर्दा अन्य न्यायाधीशहरुले पनि जिम्मेवारी लिनुपर्ने हुन्छ ।’
नेता रायमाझीले एमसीसी संसदबाट पारित गर्ने÷नगर्ने भन्ने कुरा सरकारले प्रस्ताव ल्याएपछि मात्रै आफ्नो पार्टीको धारणा आउने अडान दोहो¥याए। उनले सरकारले विकास र समृद्धिको बारेमा चासो समेत नदिएको भन्दै आपत्ति जनाए ।