चार पूर्वउपकुलपतिले भने : सरकार र दलहरु संवेदनहीन हुनु आश्चर्य

चार पूर्वउपकुलपतिले भने : सरकार र दलहरु संवेदनहीन हुनु आश्चर्य

२७ कात्तिक, काठमाडौं ।

त्रिभुवन विश्वविद्यालय (त्रिवि) का चार जना पूर्व उपकूलपतिहरूले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई लिएर सर्वोच्च अदालतमा देखिएको समस्या समाधान गर्नका लागि अग्रसरता लिन राजनीतिक दलहरूलाई आग्रह गरेका छन् ।

शनिबार ‘बार एशोसिएसनको आन्दोलनको न्यायोचित निकासका लागि सरकार र राजनीतिक दलहरूको ध्यानाकर्षण’ शीर्षकमा विज्ञप्ति सार्वजनिक गर्दै पूर्व उपकूलपतिहरू महेशकुमार उपाध्याय, केदारभक्त माथेमा, कमलकृष्ण जोशी र नवीनप्रकाश जंग शाहले त्यस्तो आग्रह गरेका हुन् ।

उनीहरुले भनेका छन्, ‘लामो समयदेखि सर्वोच्च अदालतमा भइरहेको बार एशोसिएसनको आन्दोलन र जिम्मेवार निकायहरूले त्यसप्रति देखाएको उदासिनता देशकै लागि ठूलो दुर्भाग्यको विषय बनेको छ । गम्भीर कुरा के भने न्यायालयप्रति जनताको विश्वासमा स्खलन आउन नदिन पनि आन्दोलनले अविलम्ब निकास पाउन जरूरी छ,’ विज्ञप्तिमा उल्लेख छ ।

न्यायालयले जनताको विश्वास गुमाएपछि न्याय पाउन जनता जाने कहाँ ? भन्ने प्रश्न राख्दै पूर्व उपकुलपतिहरूले ‘यस्तो स्थितिप्रति सरकार र राजनीतिक दलहरू संवेदनहीन भएर बस्नु अत्यन्त आश्चर्यलाग्दो छ,’ भनेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘आन्दोलनसँग गाँसिएको स्थितिको सुधार र समस्याको समाधानतर्फ सरकार र दलहरूले अविलम्ब पाइला चालुन् ।’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.