प्रचण्ड आज मेडिसिटी अस्पतालमै रहने, अवस्था सामान्य

प्रचण्ड आज मेडिसिटी अस्पतालमै रहने, अवस्था सामान्य

२७ कात्तिक, काठमाडाैँ ।

ब्लडप्रेसर बढेर मेडिसिटी अस्पताल भर्ना भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल शनिबार  अस्पतालमै रहने भएका छन्।उनलाई आरामको जरुरी रहेकाले चिकित्सकको निगरानीमा एक दिन अस्पतालमै राखिने भएको हो।

अहिले प्रचण्डकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे उनकी छाेरी गंगा दाहालले जानकारी दिइन्। ‘ब्लडप्रेसर कन्ट्रोलमा आएको छ, तर आज एक दिन अस्पतालमै राख्ने निधो भएको छ,’ उनले भनिन्।

दाहाललाई शुक्रबारदेखि ब्लडप्रेसर बढिरहेको थियो। उनले शनिबार करेलाको झोल खाएका थिए। तर, रक्तचाप सन्तुलनमा नआएपछि दाहाललाई मेडिसिटी अस्पताल लगिएको थियो।

डोल्पा भ्रमणबाट फर्केपछि उनको रक्तचाप असन्तुलन भएको थियो।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.