अध्यक्ष प्रचण्ड अस्पतालबाट फिर्ता

अध्यक्ष प्रचण्ड अस्पतालबाट फिर्ता

२८ कार्तिक, काठमाडौँ ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज मेडिसिटी अस्पतालबाट घर फर्किएका छन् ।

देशका विभिन्न जिल्लाका कार्यक्रममा सहभागी हुने क्रममा धपेडीले गर्दा रक्तचाप बढेपछि अध्यक्ष प्रचण्ड स्वास्थ्य परीक्षणका लागि शनिबार अस्पताल भर्ना भएका थिए । अध्यक्ष दाहालको सचिवालयका अनुसार चिकित्सकले उनलाई केही दिन घरमै आराम गर्न सुझाव दिएका छन् ।

अध्यक्ष प्रचण्ड डोल्पा, भोजपुरलगायतको कार्यक्रमपछि अस्वस्थ भएका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.