नेपाल आइपुग्यो हैजाविरुद्धको साढे २ लाख डोज खोप

नेपाल आइपुग्यो हैजाविरुद्धको साढे २ लाख डोज खोप

२९ कार्तिक, काठमाडौं ।

सरकारले हैजा विरुद्धको साढे दुई लाख खोप नेपाल ल्याएको छ। कपिलवस्तुको महामारी प्रभावित क्षेत्रका स्थानीयका लागि २ लाख ५२ हजार ३६३ डोज खोप नेपाल भित्र्याइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

उक्त खोप कपिलवस्तुको पाँच वटा नगरपालिकाका स्थानीयलाई लगाइने मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले जानकारी दिए।

उक्त ओरल भ्याक्सिन विश्व स्वास्थ्य संगठन, गाभी र युनिसेफको ग्लोबल स्टक पाइलमा रहेको खोप युनिसेफको सप्लाई डिभिजन नेटवर्क हुँदै भारतबाट नेपाल ल्याइएको हो। आगामी आइतबार खोप लगाउने तयारीका साथ काम भइरहेको मन्त्रालयले जनाएको छ।

कपिलवस्तुको कृष्णनगरपालिकामा ६० हजार १५६, महाराजगञ्जमा ५३ हजार १५६, शिवराजमा ६४ हजार ७७८, विजयनगरमा ३५ हजार ९०३ र यशोधरामा ३७ हजार ७८३ खोप डोज वितरण गरिनेछ। हाल त्यहाँ झाडापखाला नियन्त्रणमा रहेको मन्त्रालयले जनाएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.