प्रधानन्यायाधीशविरुद्ध बारको प्रदर्शन सुरु, सर्वोच्चमा सुरक्षाकर्मीको पहरा

प्रधानन्यायाधीशविरुद्ध बारको प्रदर्शन सुरु, सर्वोच्चमा सुरक्षाकर्मीको पहरा

२९ कार्तिक, काठमाडौं ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आएको नेपाल बार एसोसिएसनले आज सोमबार पनि प्रदर्शन सुरु गरेको छ ।

कानुन व्यवसायीहरूले बारको केन्द्रीय कार्यालयबाट विरोध प्रदर्शन थालेका छन् । सर्वाेच्च अदालतको परिसरमा पनि प्रदर्शन गरिने बारका महासचिव लीलामणि पौडेलले बताए ।

प्रधानन्याधीशलाई सर्वोच्च प्रवेशमै रोक लगाउने भन्दै बार आइतबारदेखि गेटमै प्रदर्शन गर्दै आएको छ । तर, स्थानीय प्रशासनले भने सुरक्षा व्यवस्था कडा पारेको छ । सर्वाेच्च परिसरमा सुरक्षाकर्मीको पहरा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.