प्रधानन्यायाधीश जबरालाई बारको जवाफ : तपाईसँग वार्ता हुँदैन, राजीनामा गर्नुस्

प्रधानन्यायाधीश जबरालाई बारको जवाफ : तपाईसँग वार्ता हुँदैन, राजीनामा गर्नुस्

२९ कात्तिक, काठमाडौं ।

आन्दोलन कानुन व्यवसायीहरुले वार्ताका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले राखेको प्रस्ताव अस्वीकार गरेका छन् । आफ्नो राजीनामा माग गर्दै न्यायाधीश र नेपाल बारले आन्दोलन चर्काउँदै गएपछि सोमबार प्रधानन्यायाधीश राणाले एक विज्ञप्ति जारी गर्दै सम्वादमा आउन आग्रह गरेका थिए ।

उनले न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदनसहित विभिन्न समयमा न्यायपालिका स्वयंले गठन गरेका आयोगका प्रतिवेदनहरु कार्यान्वयन गर्न तयार रहेको बताएका थिए। तर, उनको विश्वास गर्न नसक्ने बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताएका छन्।  अदालत परिसरमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै बार अध्यक्ष श्रेष्ठले भने, ‘तपाईसँग वार्ता हुन सक्दैन, तपाई राजीनामा गर्नुस् ।’

जबराले राजीनामा दिएपछि आउने नयाँ नेतृत्वसँग मात्र न्यायलय सुधारका लागि वार्ता गर्ने उनले बताए । सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले पनि जबराले राजीनामा दिएपछि आउने नयाँ नेतृत्वसँग मात्र वार्ता गर्ने बताए ।  उनले भने, ‘उहाँसँग हामीले वार्ता गर्ने प्रश्नै उठ्दैन । हामीले वार्ता भनेको उहाँको राजीनामापछि आउने नेतृत्वसँग हो ।’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.