मन्त्री कार्की भन्छन्- विपद् व्यवस्थापन सरकार एक्लैले गर्न सक्दैन

मन्त्री कार्की भन्छन्- विपद् व्यवस्थापन सरकार एक्लैले गर्न सक्दैन

२९ कात्तिक, विराटनगर ।

प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले विपद् व्यवस्थापन सरकार एक्लैले गर्न नसक्ने बताएका छन् । यसको रोकथामदेखि उद्धार तथा राहतमा सर्वपक्षीय संमन्यय हुनुपर्ने कार्कीको जोड छ ।

जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गामा जिल्ला विपद् व्यवस्थापन समितिका पदाधिकारीहरुसंग आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री कार्कीले संघीय, प्रदेश र स्थानीय सरकारबीचको समन्वयमा विपद् न्यूनीकरण र राहत तथा उद्धारमा प्रभावकारी काम गर्न सकिने बताए । कार्कीले सुरक्षाकर्मी, स्थानीय र सरकारी प्रतिनिधिको साझा प्रयासमा जोड दिंदै भने,”स्थानीय रुपमा हामीले नगरपालिकाका नगर प्रहरीहरूलाई समेत तालिम दिएर उद्धारमा परिचालन गर्न सकिन्छ ।”

मन्त्री कार्कीले आन्तरिक मामिला मन्त्रालयले विपद्मा पर्ने संभावित क्षेत्रको म्यापिङ गराएर उपलब्ध साधनस्रोतको परिचालन र वितरणका निम्ति अन्य मन्त्रालयहरू संग समन्वय गर्ने बताए । मन्त्री कार्कीले विपद्का लागि अति आवश्यक वस्तुको व्यवस्थापनमा कमजोरी नगर्ने बताए ।

जनप्रतिनिधि र दलका नेतृत्व पनि समाजको सदस्य नै भएकोले उनीहरूको आचरण तथा व्यवहार सोहीअनुरूप हुने भन्दै गलत काम गर्न नदिन जनताले झक्झक्याउनु पर्नेमा जोड दिए । त्यस अवसरमा ओखलढुङ्गाका सहायक प्रजिअ अर्जुन कुमार मण्डलले जिल्लामा विपद्बाट हुने गरेको क्षति र बचाव सम्बन्धी भए गरेका कामबारे जानकारी गराए । कार्यक्रममा ओखलढुङ्गाक विभिन्न पालिकाका प्रमुख उपप्रमुख, रेडक्रस, विभिन्न संघसंस्थाका प्रतिनिधि सहभागी थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.