बन्दको देशभर आशिंक प्रभाव, ११५ जना पक्राउ

बन्दको देशभर आशिंक प्रभाव, ११५ जना पक्राउ

३० कार्तिक, काठमाडौं ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आह्वान गरेको नेपाल बन्दका कारण काठमाडौंलगायत देशभर आशिंक प्रभाव परेको छ ।

आज विहानैदेखि देशभर गरिएको बन्दमा संलग्न ११५ जनालाई पक्राउ गरिएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक बसन्त बहादुर कुँवरले बताए । उनका अनुसार काठमाडौंका दशलगायत देशभरबाट ११५ जनालाई पक्राउ गरिएको हो ।

काठमाडौंमा सार्वजनिक सवारी साधनहरु कम चलेका छन् । नीजि सवारी र अत्यावश्यक सामान तथा खाद्यान्न बोकेका गाडीहरु भने चलेका छन् ।

नेपाल कम्युनिष्ट पार्टीले पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको विरुद्ध आह्वान गरेको बन्दका क्रममा अबैध काम गर्ने ११५ जनालाई प्रहरीले पक्राउ गरेको प्रवक्ता कुँवरले बताए ।

अनेरास्ववियु क्रान्तिकारीका बाग्मती प्रदेश इञ्चार्ज राजन साउदसहित नेता, कार्यकर्ता पक्राउ परेका छन् । सुरक्षाकर्मी व्यापकरुपमा परिचालन गरिएकाले बन्द कर्ताले सवारी आवागमनमा अवरोध पुर्याउन सकेका छैनन् । ४० प्रतिशत गाडी सडकमा चलेको प्रवक्ता कुँवरले बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.