३० कात्तिक, काठमाडौं।
प्रधानन्यायाधीशसँग असन्तुष्ट न्यायाधीशहरुको समूहबाट अलग भएका सर्वोच्च अदालतका चार जना न्यायाधीश इजलासमा फर्किएका छन् ।
नियमित इजलासमा फर्कने न्यायाधीशहरुमा मनोजकुमार शर्मा, बमकुमार श्रेष्ठ, तेजबहादुर केसी र कुमार रेग्मी रहेका छन् । आज उनीहरुको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा सुनुवाई गरेको हो ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले मंगलबार ८ वटा संयुक्त इजलास र २ वटा एकल इजलाश तोकेका छन् । न्यायाधीशद्वय प्रकाश ढुंगाना र कुमार चुडालले भने बन्दीप्रत्यक्षीकरण मात्रै मुद्दा हेरेका छन् ।
सर्वोच्चका अन्य १३ जना न्यायाधीशहरु भने नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनसँगको छलफलमा छन् ।