सडक हिलाम्मै भएपछि स्थानियले गरे सडकमै धान रोपाईं

सडक हिलाम्मै भएपछि स्थानियले गरे सडकमै धान रोपाईं

धनुषा,साउन २३
सडक निर्माण सम्पन्न नहुँदै भत्कीएर हिलाम्मै भएपछि धनुषको सहिद नगरपालिका स्थानियले सडकमै धान रोपाईं गरेका छन् ।

कलभट र बाटो भत्किएर हिलाम्मै भएको सडकप्रति मेयर र वडा अध्यक्षले कुनै चासो नदेखाएको भन्दै शहिद नगरपालिका वडा नम्बर–६ हर्बराका स्थानियहरुले मंगलबार सडकमा सामुहिक धान रोपाईं गरेका हुन् ।

मेयरले सडक निर्माणको काम ७० प्रतिशत सम्पन्न भएको बताएको तर १० प्रतिशत काम पनि नगरेको स्थानियले दाबी गरेका छन् ।माटो र ग्राइभलका कामको लागि वडा अध्यक्षहरुको सहयोगमा लाखौं रकम विनियोजन गरेको र कामै नगरी रकमको निकासा गरेको स्थानिय उमेश निरौलाले बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.