एमाले नआएपछि प्रदेश १ का मुख्यमन्त्रीले विश्वासको मत लिन पाएनन्

एमाले नआएपछि प्रदेश १ का मुख्यमन्त्रीले विश्वासको मत लिन पाएनन्

३० कात्तिक, विराटनगर ।

प्रमुख विपक्षी दल नेकपा एमालेका सांसद नआएपछि प्रदेश १ को प्रदेशसभा बैठक स्थगित भएकाे छ । मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठक भोलि विहान साढे ११ बजेसम्मका लागि स्थगित भएको हो ।

विप्लव समूहको बन्दका कारण सांसदहरु आउन नसक्ने भन्दै नेकपा एमालेले बैठक स्थगित गर्न माग गरेको थियो । तर कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्तारुढ गठबन्धनमा रहेका दलहरुले बैठक रोक्न सहमत भएनन् ।

त्यसपछि बसेको बैठकमा विपक्षी दल नेकपा एमालेका एक जना पनि सांसद सहभागी नभएपछि सभामुख प्रदीपकुमार भण्डारीले बैठक स्थगित गरेका हुन् ।

पाँच दलीय गठबन्धनको तर्फबाट मुख्यमन्त्री बनेको दुई सातापछि उनले प्रदेशसभाबाट विश्वासको मत लिन लागेका थिए । राई गत कार्तिक १६ गते मुख्यमन्त्री बनेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.