औरहीबाट ठुलो परिमाणमा लागुऔषधसहित एक पक्राउ

औरहीबाट ठुलो परिमाणमा लागुऔषधसहित एक पक्राउ

सिरहा, साउन २३
सिरहाको औरही गाउँपालिकाबाट ठुलो परिमाणमा लागुऔषधसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बर्दिया मोतिपुर–४ बस्ने नारायण ओली रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार चेकजाँच गर्ने क्रममा औरही गाउँपालिका–१ दरहियाबाट उनलाई पक्राउ गरिएको हो ।ओलीको साथबाट नाईटराभेट आर टेन ५८ पत्ता (प्रति पत्तामा ३० ट्याब्लेट), स्पामो प्रोक्सिफोन आर प्लस ६ पत्ता (प्रति पत्तामा २४ क्याप्सुल) र अर्को काटेको स्पामो प्रोक्सिन आर प्लस १६ क्याप्सुल लागुऔषध बरामद भएको छ ।

पक्राउ परेका ओलि माथी आवश्यक अनुसन्धान तथा कारबाही सुरु गरिएको प्रहरीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.