प्रकाशमानलाई काठमाडौं बाहिर चिन्दैनन् : शशांक कोइराला

प्रकाशमानलाई काठमाडौं बाहिर चिन्दैनन् : शशांक कोइराला

१ मंसिर, काठमाडौँ ।

कांग्रेस महामन्त्री शशांक कोइरालाले आसन्न १४ औं महाधिवेशनमा नेता कृष्णप्रसाद सिटौलासहित संस्थापनइत्तर समूहको एकल उम्मेदवारी हुनुपर्ने बताएका छन् । उनले महाधिवेशनमा सभापति शेरबहादुर देउवालाई पराजित गर्न बाँकी सबै उम्मेदवार एक ठाउँमा उभिनुपर्ने बताएका हुन् ।

बुधबार एक कार्यक्रममा बाेल्दै उनले भने,  ‘रामचन्द्रजी त एकचोटि लडिसक्नुभएको छ । अब सिटौलाजीलाई पनि हाम्रो टिममै तान्नुपर्‍यो । किनभने सिटौलाजीसँग पनि धेरै मान्छेहरु छन् । उहाँसहित हामी सबैको टिमबाट एउटै मान्छेले निर्वाचन लड्यो भने देउवाजी हामीसँग हार्नुहुन्छ ।’

उनले सभापतिका आकांक्षी रहेका नेता प्रकाशमान सिंहलाई काठमाडौंका नेता कार्यकर्ताले नचिन्ने दाबी गरे । उनले भने, ‘प्रकाशमान सिंहको बारेमा भन्दाखेरि नराम्रो लाग्छ, तर सत्य हो, उहाँ काठमाडौंमै घेरिएर बस्नुभएको छ । काठमाडौं बाहिर निक्लिनेवित्तिकै प्रकाशमानलाई मान्छेले चिन्दैनन् । हुन त उहाँ पार्टीको महामन्त्री पनि हुनुभयो । तर, साथीहरुसँग उहाँको आत्मीयता म देख्दिनँ ।’

महामन्त्री कोइरालाले दाजु शेखर कोइरालाले पनि टिमबाट साझा उम्मेदवार बन्नका लागि अरु नेताहरुलाई मिलाउनुपर्ने बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.