कांग्रेस त प्रचण्डले जे भन्यो त्यही मान्ने भइसक्यो : ओली

कांग्रेस त प्रचण्डले जे भन्यो त्यही मान्ने भइसक्यो : ओली

१ मंसिर,  काठमाडौं।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस पार्टी पहिलेजस्तो नहरेको टिप्पणी गरेका छन्। बुधबार बाँकेको नेपालगञ्जमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले अहिलेको कांग्रेस नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) जे भन्यो त्यही मान्ने भइसकेको टिप्पणी गरे।

उनले कांग्रेसलाई आफ्नो पार्टी (एमाले)सँग एक्लै चुनाव लड्न पनि चुनौती दिए। ओलीले भने, ‘कांग्रेस त प्रचण्डपथमा लागिसक्यो। बीपी गणेशमान, कृष्ण भट्टराईको कांग्रेस कहाँ छ, प्रचण्डले जे भने कांग्रेस त त्यही बाटोमा हिँडिसक्यो । कांग्रेस कहाँ पुग्यो? चुनावसम्मै कायम रहन्छ भनिरहेका छन्।’

ओलीले कांग्रेस बुढो भइसकेको टिप्पणी गरे। ‘कसैसँग दम छ? पुरानो नेपाली कांग्रेसलाई सोध्न चाहन्छौं एक्लै लडने दम छ? हिजोको कांग्रेस होइन अब बुढो भइसक्यो। अरुसँग तालमेल मिलाउँदा मिलाउँदै कहाँ पुग्ने हो थाहा छैन।’, उनले भने ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.