पाँच न्यायाधीशले भने : प्रधानन्यायाधीशको राजीनामाबाट पछि हटेका छैनौं

पाँच न्यायाधीशले भने : प्रधानन्यायाधीशको राजीनामाबाट पछि हटेका छैनौं

१ मंसिर, काठमाडौं ।

सर्वोच्च अदालतका पाँच न्यायाधीशले आफूहरु अरु न्यायाधीशहरुसँगै रहेको बताएका छन् ।

बुधबार नेपाल बार र सर्वोच्च अदालत बार एशोसिएसनका पदाधिकारीहरुसँग भएको भेटमा पाँच न्यायाधीशले न्यायसेवा प्रदान गर्ने क्रममा अनिर्णय भयो भन्ने विषयमा आफूहरु चिन्तित भएको बताएका छन् । उनीहरुले आफूहरु प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने बटमलाइनमै अडिग रहेको बताएकाे सर्वोच्च बारका सचिव ऋषिराम घिमिरेले जानकारी दिए ।

न्यायाधीशहरुको भनाइ उधृत गर्दै  घिमिरेले भने , ‘अरु विषयमा अन्य न्यायाधीशको मतमा एकमत छौं भन्नुभएको छ ।’  प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराबाट न्यायालयको नेतृत्व हुन नसक्ने निष्कर्षका साथ सर्वोच्च अदालतका न्यायाधीशले झण्डै एक महिनादेखि नियमित मुद्दा हेरेका छैनन् । तर सोमबार तेजबहादुर केसी, कुमार रेग्मी, बमकुमार श्रेष्ठ, मनोजकुमार शर्मा र कुमार चुडालले न्यायाधीशहरुको छलफलबाट अलग भएको बताएका थिए ।

उनीहरुले मंगलबारदेखि इजलसमा पनि बसेका छन्, तर निवेदन फिर्ता लगायतका सामान्य खालका मुद्दाहरु मात्र हेरेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.