शशांकलाई सिंहको जवाफ : मलाई कसैले चिन्दैन भन्नेहरुले मेरो इतिहास हेर्नु

शशांकलाई सिंहको जवाफ : मलाई कसैले चिन्दैन भन्नेहरुले मेरो इतिहास हेर्नु

१ मंसिर, विराटनगर ।

कांग्रेस नेता प्रकाशमान सिंहले आफुविरुद्ध दुष्प्रचार गर्नेहरुले हद नाघेको टिप्पणी गरेका छन् । बुधबार विराटनगरमा गणेशमान सिंह स्मृति फाउण्डेसनले  गरेको सभामा बोल्दै नेता सिंहले पार्टीमा सभ्यताको बहस हुने गरे पनि आफुविरुद्ध टिप्पणी गर्नेहरू असभ्य भएर प्रस्तुत भएको आरोप लगाए ।

पार्टीका महामन्त्री शशांक कोइरालाले प्रकाशमान सिंहलाई काठमाडौं बाहिर कसैले नचिन्ने भनी दिएको अभिव्यक्ति प्रति लक्षित गर्दै उनले आफुले ग्रासरुटबाट राजनीति र संगठन गरेर आएको भन्दै आफुविरुद्ध कुप्रचार नगर्न आग्रह गरे ।

उनले भने, ‘संविधान जारी हुँदा उपप्रधानमन्त्री भएको मान्छे हुँ, गिरिजाप्रसाद कोइरालाको उपसभापति, सुशील कोइरालाको निर्वाचित महामन्त्री र शेरबहादुरले पार्टी विभाजन गर्दा पनि जिम्मेवार पदमा बसेर काम गरेको मान्छे हुँ । अब मलाई नै कार्यकर्ताले चिन्दैन भनेर दुस्प्रचार भइरहेको छ ।’

उनले भने, ‘मैले १२ औँ महाधिवेशनमा सभापति सुशील कोइरालाले भन्दा धेरै मत ल्याएर महामन्त्री जितेको हुँ । मलाई कसैले चिन्दैन भन्नेहरुले मेरो इतिहास हेर्न अनुरोध गर्दछु ।’

हरेक नेताको परीक्षा संकटको बेला हुने भन्दै उनले नेता कार्यकर्तालाई रेकर्ड हेर्न आग्रह गरे ।

 

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.