नेपालमा पहिलो पटक ‘नेपाल मिडिया अवार्ड’ हुने

नेपालमा पहिलो पटक ‘नेपाल मिडिया अवार्ड’ हुने

१ मंसिर, काठमाडाैँ ।

नेपालमा पहिलो पटक नेपाल मिडिया अवार्ड–२०७८ हुने भएको छ । ड्रिम हाई नेपालले मंगलबार काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै आगामी पुस २३ गते मिडिया अवार्ड–२०७८ आयोजना गर्ने बताएको हो । मिडिया क्षेत्रमा उत्कृष्ट काम गर्नेलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘मिडिया अवार्ड’ आयोजना गर्न लागेको ड्रिम हाई नेपालले बताएको छ ।

‘सेलिब्रेटिङ विथ चेञ्ज मेकर्स’ थिममा आयोजना हुन लागेको अवार्ड नेपालमा सञ्चलानमा रहेका रेडियो, टेलिभिजन, युट्युब, प्रिन्ट तथा अनलाइन मिडियाका विविध विधालाई समेटेर प्रदान गरिने बताइएको छ । मनोनयनमा परेका कार्यक्रम, प्रस्तोता तथा समाचारलाई मिडिया क्षेत्रका विज्ञको निर्णायक टोलीले मूल्यांकन गरी विजेताको घोषणा गरिने छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.