१ मंसिर, काठमाडाैँ ।
यती एअरलाइन्सले सञ्चालन गरेको धमाकेदार दशैं तिहार अफरमा जीतबहादुर खत्री भाग्यशाली विजेता बनेका छन् । यतीले घटस्थापनादेखि छठ पर्वसम्म यात्रा गर्ने यात्रुका लागि सञ्चालन गरेको धमकेदार दशैं तिहार अफरको भाग्यशाली विजेता खत्री बनेका हुन् ।
बिजेता खत्रीले पोखरा – काठमाडाैँको उडान गरेका थिए । यती एअरले काठमाण्डौमा आयोजना गरेको लक्की ड्र बाट खत्री विजयी बनेका थिए। विजेता बनेसँगै खत्रीले रु दुई लाख ६७ हजार ९०० मूल्य बराबरको यामाहा फसिनो एफआई १२५ स्कुटर प्राप्त गरेका छन् ।
यती एअरलाइन्समा यात्रा गर्ने यात्रुहरु मध्येबाट ३ जना भाग्यशाली विजेता छानिने घोषणा गरेअनुसार आज ३ जना बिजेता घोषणा गरिएको हो । यती धमाकेदार दशैं तिहार अफरको दोस्रो भाग्यशाली विजेता धुब्रराज भट्टराई बनेका छन् । भट्टराई दोस्रो विजेता बनेसँगै एक जोडीका लागी काठमाडौँ–दुवई– काठमाडौं को दुईतर्फी फ्रि हवाई टिकट प्राप्त गरे । यस्तै, तेस्रो भाग्यशाली विजेता सरुप्य सत्याल बने ।
तेस्रो विजेता बनेका सत्यालले हिराको टप प्राप्त गरे । यती एअरलाइन्सले सञ्चालन गरेको धमाकेदार दशैं तिहार अफरअन्तर्गत ३५ दिनमा एक लाख ७ हजार ५५ जनाले यती एअरलाइन्समार्फत् देशका विभिन्न गन्तव्यस्थलमा यात्रा गरेको एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।