सभापतिमा उठ्ने शशांकको घोषणा, इतर समूहमा फाटो

सभापतिमा उठ्ने शशांकको घोषणा, इतर समूहमा फाटो

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले २४ देखि २६ मंसिरमा काठमाडौंमा हुने १४औं महाधिवेशनमा सभापति पदमा उठ्ने घोषणा गरेका छन् ।

महामन्त्री कोइरालाको यो घोषणाले कांग्रेसको संस्थापन इतर समूहलाई झस्काएको छ । ’cause कांग्रेसको संस्थापन इतर पक्षमा सभापतिको साझा उम्मेदवारको खोजी हुँदै थियो । उनी पनि सोही समूहमा छन् । शशांकको यो घोषणासँगै साझा उम्मेदवार बन्ने सम्भावनासमेत टरेको छ ।

संस्थापन इतर समूहबाट मात्रै कांग्रेस सभापतिका लागि झन्डै आधा दर्जन आकांक्षी छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेलदेखि महामन्त्री कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेता डा. शेखर कोइराला, नेत्री सुजाता कोइराला र युवा नेता कल्याण गुरुङ सभापतिका दाबेदार छन् ।

यी नेताहरूको दाबेदारी सभापति पदमा हुँदै गर्दा बुधबार संखुवासभा पुगेर महामन्त्री कोइरालाले आफू पनि उठ्ने बताएका हुन् । ‘म महामन्त्री छु, अब सभापतिमा उठ्छु, म स्वाभाविक उम्मेदवार हो, म बलियो उम्मेदवार पनि हो,’ महामन्त्री कोइरालाले सञ्चारकर्मीहरूसँग भने ।

केही दिनअघि उनले संस्थापन इतर समूह सभापति शेरबहादुर देउवाविरुद्ध एक नभए फेरि पनि उनलाई सभापतिबाट कसैले रोक्न नसक्ने अभिव्यक्ति दिएका थिए । त्यसबखत उनले देउवालाई पार्टी जिम्मा लगाए हुने बताएका थिए ।

शशांक–शेखर एक ठाउँ उभिने संकेत
महामन्त्री कोइराला र डा. शेखर कोइराला नातामा दाजुभाइ पछन् । महामन्त्री कोइरालाले सर्लाहीमा केही दिनअघि एक कार्यक्रममा शेखरका ’बयान गर्दै सभापतिमा उनको पनि आकांक्षा रहेको बताएका थिए । सो भिडियो अहिले चर्चामा छ ।

सो कार्यक्रममा महामन्त्री कोइरालाले शेखरले सबैलाई समेट्ने अवस्था आए आफू ब्याक हुन सक्नेसमेत संकेत गरेका थिए । ‘रामचन्द्रजी एकपटक लडिसक्नुभयो, सिटौलाजीलाई पनि हामीले तान्नुपर्छ, उहाँसँग पनि धेरै मान्छेको आकर्षण छ, ’ सिटौलाजीसँग धेरै मान्छेको आशा छ, उहाँलाई तानेर एउटै मात्र उम्मेदवार बनायौं भने शेरबहादुर देउवा हार्नुहुन्छ,’ सो भिडियोमा उनले अघि भनेका छन्, ‘अर्को प्रकाशमान, भन्दाखेरि मलाई नराम्रो लाग्छ तर सत्य हो, उहाँ काठमाडौंमै घेरिएर बस्नुभएको छ, बाहिर निस्केपछि प्रकाशमान सिंहलाई चिन्दैनन् मान्छेहरूले, हुन त उहाँ महामन्त्री हुनुभयो, त्यो अलग पाटो हो तर उहाँमा जुन आत्मीयता छ साथीहरूसँग त्यो म देख्दिनँ ।’

त्यसपछि उनले दाजु शेखरप्रति आफ्नो भनाइ मोड्दै भनेका छन्, ‘चौथो हो, शेखर दाइ, शेखर दाइ पनि लागिराख्नुभएको छ, भिडिरहनुभएको छ, मैले भनिहालेँ, हामी मिलेर जानुपर्छ भन्ने तपाईंहरूको भावना हो । त्यसलाई म कदर गर्छु र सम्मान गर्छु, शेखर दाइसँग कुरा हुन सकेको छैन । म जानेबित्तिकै उहाँसँग कुरा राख्छु । उहाँलाई सभापति हुन मन छ भने अरूलाई पनि कन्भिन्स गर्न सक्नुप¥यो । मलाई त गरिहाल्नुहुन्छ, मैले भनेको म बाधक हुदिनँ । बरु सबै मिलाउने काममा लाग्छु ।’

शशांकको यो आशयले सिटौलालाई पनि आफ्नो समूहमा मिलाउने संकेत गर्छ । तर, सिटौलाले भने १४औं महाधिवेशनमा आफू टिम बनाएरै लड्ने घोषणा गरिसकेका छन् । सिटौला यसपटक सिंगो टिमसहित महाधिवेशनमा भिड्ने तयारीमा छन् ।,याे समाचार राजधानी दैनिकमा छापिएकाे छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.