नेपाली महिला क्रिकेट टोलीले आज कतारसँग अन्तिम खेल खेल्दै

नेपाली महिला क्रिकेट टोलीले आज कतारसँग अन्तिम खेल खेल्दै

२ मंसिर, काठमाडौं ।

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज, बिहीबार घरेलु टोली कतारसँग टी–२० सिरिसजको तेस्रो तथा अन्मित खेल खेल्दैछ।

दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियममा नेपालले कतारको सामना गर्नेछ। नेपाल र कतारबीचको खेल दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।

बुधबार दोस्रो खेलमा कतारलाई ६१ रनले हराउँदै नेपालले एक खेल अगावै सिरिज २–० ले जितिसकेको छ। नेपाली टोलीले पहिलो पटक सिरिज जित्न सफल भएको हो।

नेपाल आईसीसी महिला टी–२० विश्वकपको एसियाली छनोटको तयारी स्वरूप कतारसँग तीन खेलको टी–२० सिरिज खेल्नका लागि उसैको घरेलु मैदान पुगेको थियो।

दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियममा मंगलबार भएको पहिलो खेलमा नेपालले कतारलाई ११९ रन र बुधबार भएको दोस्रो खेलमा ६१ रनले पराजित ग¥यो।

बिहीबारको अन्तिम खेल पनि जितेर नेपाल सिरिज क्लिन स्विप गर्ने योजनामा छ। विश्वकप छनोट नोभेम्बर २२ देखि २८ सम्म दुबईमा आयोजना हुनेछ। नेपाली टोली कतारबाटै दुबई प्रस्थान गर्नेछ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.