सर्वोच्च परिसरबाट दंगा प्रहरी हटाउन माग गर्दै कानून व्यवसायीको नाराबाजी

सर्वोच्च परिसरबाट दंगा प्रहरी हटाउन माग गर्दै कानून व्यवसायीको नाराबाजी

२ मंसिर, काठमाडौं ।

सर्वोच्च अदालत परिसरबाट दंगा प्रहरीलाई हटाउन माग गर्दै कानून व्यवसायीहरू नाराबाजी गरेका छन् । दंगा प्रहरीले भिड नियन्त्रणका नाममा वकिलहरूमाथि दमन गरेको भन्दै त्यहाँबाट बाहिर निकाल्न उनीहरुले माग गरेका हुन् ।

सर्वोच्च परिसरमा प्रदर्शनमा उत्रिएका वकिलहरूमाथि प्रहरीले लाठीचार्ज गर्दा आज दर्जन वकिलहरू घाइते भएका छन् । नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र बारका केन्द्रीय सदस्य प्रकाश महर्जनलाई पनि गम्भीर चोट लागेको बताइएको छ ।

वकिलहरू कपिल पोखरेल, रमण कर्ण, युवराज भण्डारी, गोपाल सापकोटा, ऋषिराम घिमिरेलगायत घाइते भएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै कानुन व्यवसायी आन्दोलनमा उत्रिएका हुन् । अहिले वकिलहरूले नाराबाजी गरिरहेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.